पीडित र पीडक दुवैलाई मान्य हुनेगरी कानून निर्माण गर्नुपर्नेमा खतिवडाको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पीडित र पीडक दुवैलाई मान्य हुनेगरी कानून निर्माण गर्नुपर्नेमा खतिवडाको जोड

काठमाडौं, २ जेठ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई तार्किक निस्कर्षमा पु¥याउनका लागि सत्ता पक्ष र प्रतिपक्ष भन्नु नहुने बताउनु भएको छ । उहाँले मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै पीडित र पीडक दुवै पक्षलाई मान्य हुनेगरी कानून निर्माण गर्नुपर्ने बताउनु भएको हो ।

नेता खतिवडाले उपसमिति बनाएर भएपनि यि दुई विधेयकलाई निस्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘टिआरसी र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई तार्किक निस्कर्षमा पु¥याउनु सबैको दायित्व हो । यसलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा लिएर जानु हुँदैन । पीडित र पीडक दुवै पक्षलाई मान्य हुनेगरी कानून निर्माण गर्नु जरुरी आजको आवश्यकता छ । त्यही आवश्यकतालाई महशुस गरेर हामीले यो समितिमा विधेयक ल्याएको ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);