काठमाडौं, २ चैत्र । जनता समाजवादी पार्टी नेपालले आज बैठक बोलाएको छ । समानुपातिक सांसदबारे निर्णय लिन पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक ११ बजे बोलाएको हो ।
आजको बैठकमा जसपाकी सांसद शहनाज रहमानको ह्दयघातबाट निधन भएपछि रिक्त स्थानमा कसलाई राख्ने त्यसबारे छलफल हुनेछ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मन्जु अन्सारी रहेकी छन् ।