आज मध्यरातदेखि स्ववियु निर्वाचनको मौन अवधि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज मध्यरातदेखि स्ववियु निर्वाचनको मौन अवधि सुरु हुने

काठमाडौं, २ चैत्र । स्ववियु निर्वाचनका उम्मेदवारहरुले आज मध्यरातिदेखि प्रचार प्रसार गर्न नपाउने भएका छन् । उम्मेदवारहरुले आज चैत्र २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउनेछन् ।

१२ बजेपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न पाउनेछैैनन् ।

आगामी चैत्र ५ गते हुने निर्वाचनमा बिहान ८बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । देशभरका ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);