स्ववियु चुनाव प्रचार ४ दिन मात्रै गर्न पाइने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

स्ववियु चुनाव प्रचार ४ दिन मात्रै गर्न पाइने

काठमाडौँ, ११ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको चार दिन मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । त्रिविले चुनावको कारण दैनिक पठनपाठनलगायत शैक्षिक गतिविधि प्रभावित नहोस् भनेर यस्तो व्यवस्था गरेको हो ।

चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९, आचारसंहिता र समय तालिका जारी गर्दै त्रिविले फागुन २९ दिउँसो २ बजेदेखि चैत २ राति १२ बजेसम्म मात्र चुनाव प्रचार गर्न पाउने व्यवस्था गरेको हो ।

त्यसपछि ४८ घण्टे मौनअवधि सुरु हुनेछ । सो निर्देशिकाअनुसार २९ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);