उपराष्ट्रपतिमा कस्को सम्भावना कति ? अंक गणितसहित हेर्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

उपराष्ट्रपतिमा कस्को सम्भावना कति ? अंक गणितसहित हेर्नुहोस्

काठमाडौं, १ चैत्र । उपराष्ट्रपतिमा सत्तागठबन्धनका पााचदलको साथ पाए भने पनि जसपाका रामसहाय प्रसाद यादवले सहजै जित्ने देखिन्छ । दलगत बलियो अंक गणित यादवको पक्षमा छ ।
उपराष्ट्रपतिमा सत्तागठबन्धन पनि एक हुन सकेन र गठबन्धनबाटै तीनजनाले उम्मेदवारी दिएपनि प्रमिलाले फिर्ता लिएर यादवलाई सघाउने घोषणा गरेकी छिन् । तर जनमत, नागरिक उन्मुक्ति र लोसपाले ममता झालाई अघि सारेका छन् । ती तिनै दल सत्तासाझेदार दल हुन् ।

यादवलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको साथ रहेमा बहुुमत पुुग्ने देखिन्छ । यी पाँचदलमा भएको मतभार कुल ३१ हजार ७३८ हो । आठ दलिय गठबन्धनमा भएको कुल ५७ हजार ७७३ मतभार मध्ये तीन दलले मत नदिएपनि यादवको जित निश्चित जस्तै भएको छ ।

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । शाक्यलाई जित्न त्यति सहज देखिदैन । शाक्यको व्यक्तित्वको कारण माओवादी र एकीकृत समाजवादीको मत तान्न सक्ने भने आंकलन गरिएको छ । शाक्यसँग ४ हजार १७६ मतभार रहेको छ । एमालेको प्रतिनिधिसभामा ७९ र राष्ट्रिय सभामा १७ जना गरी कुल ९७ मत छ । उनलाई प्रत्येक मतदाताको ८७ मतभारको हिसाबले ९६ जनाको मत आउँछ । वामदेव गौतम, २ जना स्वतन्त्र सांसदले मत दिए शाक्यको पक्षमा १७ हजार ११२ मतभार हुन्छ ।

त्यस्तै, जनमतकी ममता झाले कुल १ हजार ३७० मतभार पाउने भएकी छिन् उनले आफ्नै पार्टीका ६ जना प्रतिनिधि सभाका सांसद र १६ जना प्रदेशसभाका सांसदको मतभार मात्र पाउनेछिन । ६ जनाको मतभार ५२२ हुन्छ भने १६ जनाको ८४८ मात्र हुन्छ । उनलाई नाउपा र लोसपाले समर्थन गरेका छन् । नाउपाको ४ प्रतिनिधि सभाका सांसदबाट ३८४ र प्रदेशसभामा १२ सांसदबाट ६३६ गरि ८९४ मतभार पुुग्छ । यसैगरी, लोसपासँग ४ संघीय र एक राष्ट्रियसभामा गरी ५ सांसदको ४३५ मतभार हुन्छ भने प्रदेशसभाका १३ सांसको ६८९ मतभार जोड्दा ११ सय २४ हुन आउँछ । यद्यपी तीन पार्टीको मतभार जोड्दा ममता झाले ६ प्रतिशत अर्थात ३४ सय ७८ मात्रै मत प्राप्त गर्नेछिन् ।

रास्वपा, राप्रपा र हाम्रो नेपाली पार्टीले कसलाई समर्थन गर्ने कतै खुलाएका छैनन् । रास्वपाको १९ सांसदको १६ सय ५३, राप्रपाको १४ र प्रदेशसभाका २८ सांसदको कुल २७ सय २ मतभार रहेको छ । हाम्रो नेपाली पार्टीको एकजना सांसद छन् उनको मतभार ५३ हुन्छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);