उपराष्ट्रपति रामसहाय यादवले आज शपथ लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपराष्ट्रपति रामसहाय यादवले आज शपथ लिँदै

काठमाडौं, ६ चैत्र । सत्ता गठबन्धनको समर्थनमा उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहायप्रसाद यादवले आज शपथ लिदैंछन् ।

यादवले आज शितल निवासमा पद तथा गोपनियताको शपथ लिने कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाउनेछन् ।

गत शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यादवले संघीय सांसद तर्फ १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ प्राप्त गरेका थिए । कुल ३० हजार ३२८ मतभार पाएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);