उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं । सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

यादवले संघीय सांसद तर्फ १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँले कुल ३० हजार ३२८ मतभार पाएको बताइएको छ । यद्यपि निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा भने गरिसकेको छैन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);