सडक अनुगमनमा गएका मन्त्रीकै अगाडि चर्काचर्की भएपछि... | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सडक अनुगमनमा गएका मन्त्रीकै अगाडि चर्काचर्की भएपछि…

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ ।

शुक्रवार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो । उनीहरुले सडकमा परेको घर मुआब्जा नदिई भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पती नछोड्ने भन्दै मन्त्रीलाई गुनासो गरेका थिए । तर अर्का स्थानीयले सडक छेउको जग्गा बाटो छोडेर बेचेको सुनाए । उनले घरधनीले दुःख गरेर कमाएको सम्पती सरकारलाई सित्तैमा दिन नसकिने बताए ।

उनले मन्त्रीलाई जग्गाको मुआब्जा नदिए सडक नबनाउन अदालतको आदेश रहेकाले सरकारसँग मुआब्जा दिनुपर्ने बताउनु भयो । त्यत्ति नै बेला मन्त्री श्रेष्ठले सरकारले अदालतको आदेश पालना गर्ने भन्दै सडकमा परेका जग्गा धनीले एक पटक मुआब्जा आएर पनि पुनः माग गरेकोप्रति जवाफ माग्नुभएको थियो ।

जग्गा धनीले मन्त्रीलाई अहिलेसम्म मुआब्जा नपाएको सुनाए । उहाँले सडकमा जग्गा पर्ने अरु सबैको आफूले जिम्मा लिन नसक्ने भन्दै अरुको विषय बोल्न उचित नरहेको बताउनु भयो । विवाद चर्किएपछि मन्त्रीले अदालतको फैसलाबारे आफू जानकार रहेकाले अदालतको फैसलाअनुसार नै सडक निर्माण अघि बढ्ने बताउनु भयो ।

स्थानीयहरुले मन्त्रीको अनुगमनका क्रममा मन्त्रीलाई नै एकअर्काका पोल खोलेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);