गच्छदारले जितेको क्षेत्रको मतपत्र पेश गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गच्छदारले जितेको क्षेत्रको मतपत्र पेश गर्न सर्वोच्चको आदेश

Bijaya Gachhadar

काठमाडौं, पुस १५। गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा विजया कुमार गच्छदारले जितेको सुनसरी -३ को मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट भगवती चौधरीले र लोकतान्त्रिकबाट गच्छदार उम्मेदवार हुनुहुन्थ्यो । चैधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरु कागजता पेश गर्न आदेश दिएको हो ।

चौधरीलाई तीन सय २१ मतले पराजित गर्दै नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको थियो । गच्छादारले निर्वाचन आयोग र प्रशासनको मिलोमतोमा आफूलाई धाँधली पूर्ण तरिकाले हराएको भन्दै चौधरीले मंगलबार सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

सर्वोच्चले निर्वाचित हुनुभएका विजय गच्छदारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);