एमालेले प्रदेश सांसदको नाम टुंगो लगायो, तीनजना मात्र पुरुष (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

एमालेले प्रदेश सांसदको नाम टुंगो लगायो, तीनजना मात्र पुरुष (सूचीसहित)

UML

काठमाडौं  १४ पुष। एमालेको सातवटै प्रदेशमा पार्टीका तर्फबाट समानुपातिक सांसदको नाम तय गरेको छ। आजै एमालेले प्रदेश सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आयोगले समानुपातिकको सिट संख्या बाँडफाँट गरेपछि एमाले स्थायी समितिको बिहीबारको बैठकले समानुपातिक सांसदको सूचीलाई अन्तिम रुप दिएको हो।

प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकबाट महिलाको क्षतिपूर्ति गरेको छ। ३३ प्रतिशत महिलाको संख्या पुर्‍याउन १, ३, ५, ६ र ७ नम्बर प्रदेशबाट एमालेले महिलालाई मात्र सांसद बनाएको छ। प्रदेश नम्वर २ र ४ बाहेक अन्य प्रदेशमा एमालेबाट कुनै पनि पुरुषले प्रदेशको सांसद बन्ने मौका पाएनन्।

एमालेले प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट समानुपातिकबाट पाएको थियो। प्रदेशमा ७५ सिट पाएको एमालेबाट ७१ जना महिलाले सांसद बन्ने मौका पाएका छन्। प्रदेश ४ बाट चन्द्रमोहन गौचन तथा प्रदेश नम्वर २ बाट रविन्द्र बैठा र मनोज सिंहले सांसद बन्ने मौका पाएका छन्।

प्रदेश १

१. विनादेवी राई

२. सावित्री जोशी

३. उषाकला राई

४. कृष्णकुमारी राई

५. पदमकुमारी गुरुङ

६. होम कुमारी साँवा

७. आशारत्न जबेगु

८. यशोदा अधिकारी

९. अम्बिका थापा

१०. सरिता थापा

११. सावित्रा कुमारी रेग्मी

१२. सुनिता कुमारी चौधरी

१३. जसमाया गजमेर (विश्वकर्मा)

१४. वसन्ती देवी यादव

१५. गुलेफुन मियाँ

प्रदेश २

१. सिता गुरुङ

२. रविन्द्र बैठा धोवी

३. डा. मनोज कुमार सिंह

४. जकतारैन देवी सुडिन साह

५. अनिता कुमारी यादव

६. मञ्जुकुमारी यादव

७. हसिमा खातुन

प्रदेश ३

१. बेलिमैया घले

२. जुनेलीमाया श्रेष्ठ

३. सरस्वती बाटी

४. शान्ति थिङ

५. देवकी श्रेष्ठ (वान्तवा)

६. इन्द्रमाया गुरुङ

७. सिता लामा

८. आशमाया तामाङ

९. उर्मिला कर्माचार्य

१०. रचना खड्का

११. मुनु सिग्देल

१२. सरस्वती बस्नेत

१३. गोमा भूर्तेल

१४. मिना ज्ञवाली (नेपाल)

१५. पार्वती सिलवाल

१६. मैना अछामी सार्की

प्रदेश ४

१. चन्द्रमोहन गौचन

२. मित्रकुमारी गुरुङ सुवेदी

३. सावित्रा राना

४. मिना गुरुङ

५. मायानाथ अधिकारी

६. श्रृजना शर्मा

७. प्रभा कोइराला

८. पुष्पा केसी भण्डारी

९. लक्ष्मी सुनार

१०. जुनादेवी नेपाली

प्रदेश ५

१. रमा घर्ती

२. थानकुमारी थापा चापागाइँ

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम

प्रदेश ६

१. मिनासिँह रखाल

२. बदमी क्वारी बोहोरा

३. पद्मा खड्का

४. देवी ओली

५. कौशिलावती खत्री

६. राजु नेपाली

प्रदेश ७

१. माया भट्ट

२. मनाकुमारी साउद (मिना)

३. पूर्णा जोशी

४. माया तामाङ बोहरा

५. सुशीला बुढाथोकी

६. चुनकुमारी चौधरी

७. अर्चना गहतराज

८. दुर्गा बि.क.

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);