सत्ता गठबन्धनमा उत्पन्न विवाद समाधान हुने प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सत्ता गठबन्धनमा उत्पन्न विवाद समाधान हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने दाबी गर्नुभएको छ ।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उहाँले यसबारेमा आफूले कुरा गरिरहेको जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहनुभएको छ । तर प्रधानमन्त्री प्रचण्डले रविलाई गृह मन्त्रालय दिन चाहनुभएको छैन ।

यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबार बसेको उसको बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो, जुन शनिबार सकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);