सरकारबाट बाहिरिएला रास्वपा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारबाट बाहिरिएला रास्वपा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने जानकारी गराउनुभएको हो ।

साँझसम्ममा प्रधानमन्त्रीले गृह दिने निर्णय नगरे सरकारबाट बाहिरिने संभावना बढेको रास्वपाका नेताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिनुभएको छैन ।

आज बालुवाटारमा भएको भेटवार्तामा लामिछानेलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ । आफूलाई प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे सभापति लामिछानेले पार्टीमा छलफल थाल्नुभएको छ ।

यता प्रचण्डको सचिवालयले प्रधानमन्त्रीले लामिछानेको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गरेको भन्दै नागरिकताको केश सुल्झिएपनि पासपोर्टको विषय नटुंगिएकाले यस्तो अवस्थामा गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र स्वयम लामिछानेलाई राम्रो नगर्ने बुझाइ प्रधानमन्त्रीको रहेको जनाएको छ ।

आफ्नो भागमा परिसकेको गृह मन्त्रालय गुमाउन पुगेको रास्वपाले कुनैपनि हालतमा गृहमन्त्रालय आफैले पाउन पर्ने दाबी गर्दै आएको छ ।

रास्वपाले सरकार छाड्ने चेतावनी दिएपनि तत्काल यस्तो संम्भावन नदेखिएको रास्वपाका एक नेताले बताए । भेटमा प्रधानमन्त्री दाहालले रविलाई गृह नभएर अन्य कुनै महत्वपूर्ण मन्त्रालय दिन आफु तयार रहेको बताउनुभएको थियो । यसबारे रास्वपाले अझै निर्णय गरिसकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);