रविलाई गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइनु आपत्तीजनकः भिम रावल | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

रविलाई गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइनु आपत्तीजनकः भिम रावल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री भिम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उहाँले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरी गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाउनु भयो । ‘जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?,’रावलले भन्नुभयो ।

नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकीर समेत गर्नु भयो ।

उहाँले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गर्नु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);