विमानस्थलको सुधार चित्त बुझ्दो नभएको भन्दै मन्त्री किराँतीको अर्को निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विमानस्थलको सुधार चित्त बुझ्दो नभएको भन्दै मन्त्री किराँतीको अर्को निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको टिप्पणी गर्नु भएको छ ।

शनिवार बिहान विमानस्थलको अनुगमन गर्ने क्रममा मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको टिप्पणी गर्नु भएको हो । उहाँले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो प्रगति हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले न अझै सुधारका प्रभावकारी कार्यक्रम अघि बढाउन निर्देशन दिनुभयो । उहाँले यसअघिको अनुगमनमा दिइएका निर्देशन चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको बताउनु भयो । उहाँले अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिनुभयो ।

मन्त्री किराँतीले शनिवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको हो । गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);