पशुपतिमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने मन्त्री किराँतीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

पशुपतिमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने मन्त्री किराँतीको चेतावनी

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ ।

मंगलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको हो । उहाँले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गर्नुभयो । उहाँले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालिन,अल्पकालिन र दीर्घकालिन क्यालेण्डर बनाउन आग्रह गर्नुभयो ।

उहाँले मन्त्रालयले क्यालेण्डर अनुसार काम भए÷नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताउनु भयो । मन्त्री किराँतीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिनुभयो । उहाँले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै विकास कोषको ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताउनु भयो । उहाँले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय,अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम भएको बताउनु भयो । मन्त्री किराँतीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताउनु भयो ।

मन्त्री किराँतीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिनुभयो । उहाँले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए ? भन्ने नाम दिए पत्रकारहरुको सामु पढेर सुनाउने बताउनु भयो । उहाँले एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुने गरेको सुन्नमा आएको भन्दै अब त्यस्तो कुरा सुनिए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।

मन्त्री किराँतीले मान्छे पोल्ने काममा समेत शोषण हुने गरेको विषय सुनेको भन्दै शोषण अन्त्य गर्न निर्देशन दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);