गृह मन्त्रालय बारे छलफल मै छौं, अदालतको पूर्णपाठ कुरौ भन्ने सल्लाह छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गृह मन्त्रालय बारे छलफल मै छौं, अदालतको पूर्णपाठ कुरौ भन्ने सल्लाह छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निश्कर्षमा पुग्न नसकिने बताउनु भएको छ ।

आज पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकबाट बाहिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले सकेसम्म गठबन्धन नटुटोस भन्ने आफ्नो चाहना रहेको समेत बताउनु भएको छ । ‘अदालतको पूर्णपाठ कुरौ भन्ने सुझाव मलाई आएको छ, त्यसैले यसबारे हामीले छलफल गरिरहेका छौं,’ उहाँले भन्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);