देउवा र दाहाल–नेपालबीच बुढानिलकण्ठमा भेट हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवा र दाहाल–नेपालबीच बुढानिलकण्ठमा भेट हुँदै

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटमा जुटेका छन् ।

अध्यक्षद्वय दाहाल–नेपाल बुधबार देउवा निवास बुढानिलकण्ठमा भेटका लागि पुग्दै छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

नयाँ राजनीतिक अवस्था, संसद् बैठक, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याउँदै मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएको थियो । सर्वोच्चको फैसला लगत्तै प्रचण्ड र देउवाबीच मंगलबार साँझ नै टेलिफोनमा कुराकानी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);