देउवा र दाहालबीच भेट, कुरा के भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

देउवा र दाहालबीच भेट, कुरा के भयो ?

काठमाडौं, १७ चैत । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । छलफलमा प्रधानमन्त्री कपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याउनका लागि कुराकानी भएको स्रोतको दावी छ ।

मंगलबार साँझ देउवा निवास बुढानिलकण्ठमा भएको देउवा र दाहालबीच संसद्मा अविश्वास प्रस्ताव ल्याई नेपाली राजनीतिलाई निकास दिने छलफल भएको सभापति देउवाका स्वाकीय सचिव भानु देउवाले बताएका छन् ।

संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने सम्बन्धमा छिटै जनता समाजवादी पार्टी नेपाल जसपासहित तीन दल वार्तामा बस्ने छलफल भएको बताइएको छ ।

बुढानिलकण्ठमा देउवासँगको भेट पश्चात् अध्यक्ष दाहाल जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले भेट्न टोखा गएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);