दाहाल र अध्यक्ष ओलीबीच संसदीय समिति गठनबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दाहाल र अध्यक्ष ओलीबीच संसदीय समिति गठनबारे छलफल

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । सो भेटको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अहिलेसम्म त्यस्तै – त्यस्तै छ । विभिन्न समसामयिक विषयमा कुराकानी भयो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरुसँग पनि छलफल गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल र ओली बीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरुका बीचमा कुराकानी भएको बताउनु भयो । छलफल भएपनि कुनै निस्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरु समक्ष गर्नुभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडी बढाउने भन्ने विषयमा छलफल भयो । छलफल सघन ढंगले नै भयो तरपनि निस्कर्ष केही भएको छैन । त्यही ढंगले छलफल ग¥यौँ मात्रै भन्नुभयो । विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफल केन्द्रित थियो । त्यस विषयमा छलफल चाहीँ भयो निस्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो ।’

प्रमुख सचेतक गिरीले दुई नेताहरुका बीचमा कुनैपनि समझदारी बन्न नसकेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);