पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन सक्दैन : मन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन सक्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं, २८ मंसिर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पार्टी भित्रको अहिलेको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनुभएको हो ।

पार्टीको एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएकाले पनि बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने भएकाले दुई अध्यक्षको सहमति बेगर कुनैपनि समस्याको समाधान हुन नसक्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो दस्तावेज आरोप पत्र भएकाले पार्टीभित्र छलफल नै गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पृष्ठ लामो दस्तावेज माथि छलफल गरेर अगाडि बढेमात्रै पार्टीले निकास पाउने पनि मन्त्री श्रेष्ठले बताउनुभयो । 

मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद अवको चुनावपछी र पार्टी अध्यक्ष पद आगामी महाधिवेसन पछि मात्रै छाडने पनि स्पष्ट रहेको बताउनुभयो । पार्टी एकता दुई अध्यक्षका सहमतिबाट मात्रै सम्भव भएको र सहमतिको आधारमा पार्टीलाई सञ्चालन गर्ने भनिएकाले अहिले पनि दुई अध्यक्षबीच सहमति हुन जरुरी रहेको बताउनुभयो । दुई अध्यक्ष मध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);