प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै, यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्नेछ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त र मन्त्रिपरिषद गठनबारे संसदलाई जानकारी पत्रमार्फत जानकारी गराउने कार्यसुची छ । बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । संसद अधिवेशन आह्वान गर्न सरकारले सिफारिस गरे अनुरुप राष्ट्रिपतिले पुस २५ गते दिउँसो एक बजे संसद आह्वान गरेकी हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);