प्रधानमन्त्रीले विश्वासको मत लिने संसदीय प्रक्रिया कसरी अघि बढ्छ त ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्रीले विश्वासको मत लिने संसदीय प्रक्रिया कसरी अघि बढ्छ त ( भिडियो रिपोर्ट )

सन्दिप शर्मा रिजाल \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, पौष २२। प्रधानमन्त्री कार्यालयले विश्वासको मत लिने सूचना संसद सचिवालयलाई दिसकेको छ। प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी सूचना प्रतिनिधि सभाको बैठकमा सभामुख चयन नभएकाले ज्येष्ठ सदस्यबाट पढेर सुनाइने छ।

प्रधानमन्त्रीलाई आफूलाई विश्वासको मत लिनका लागि सभामुखले प्रश्ताव पेस गर्न समय दिनुहुन्छ । सभामुखले समय दिएपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरुसँग प्रश्ताव राख्नुहुनेछ । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरुलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रश्ताव पेस गर्नुहुनेछ । प्रश्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्रीले राखेको प्रश्तावमा सांसदहरुले बोल्न चाहे सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउनु पर्नेछ।

छलफल सकिएपछि सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउनुहुनेछ । आफूले राखेको विश्वासको मत दिने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ । त्यसपछि मत विभाजनको प्रक्रिया शुरु हुनेछ । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रश्ताव संसदमा निर्णयार्थ प्रश्तुत हुन्छ । त्यसपछि मत दिने प्रक्रिया शुरु हुन्छ । मत दिइसकेपछि पनि सांसदहरुलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनु हुन्छ। यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउनुहुनेछ । परिणाम सुनाइसकेपछि उक्त प्रश्ताव राष्ट्रपति समक्ष संसद सचिवालयले लेखेर पठाउँछ । प्रधानमन्त्रीले पेस गर्नुभएको विश्वासको मत सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ।

राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रश्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ । यतिबेला नेकपा (एकीकृत समाजवादी) निर्वाचनमा राष्ट्रिय दल बन्न असफल भयो । जसकारण आम मानिसमा माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई ह्वीप लाग्छ की लाग्दैन भन्ने जिज्ञासा छ। तर संसद सचिवालय भने (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको ह्वीप लाग्ने बताउँछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन नजिकिएसँगै राजनीतिक बृत्त पनि गर्माएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);