सत्ता गठबन्धनको बैठकमा के के भयो | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

सत्ता गठबन्धनको बैठकमा के के भयो

काठमाडौं, १९ मंसिर । सत्ता गठबन्धनको बैठक सकिएको छ । साँढे २ घन्टा बसेको बैठकमा चुनावको गम्भीर समिक्षा भएको बुझिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार चुनावमा भएका कमी कमजोरीबारे समिक्षा भयो । नेकपा माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाले चुनावमा काँग्रेसबाट अपेक्षाकृत साथ नपाएको विषय उठाएका थिए ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाका अलावा नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, वेदुराम भुषाल, प्रमेश हमाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

Leave a Reply

ताजा समाचार