प्रचण्डले देउवा र ओलीमध्ये कोसँग गर्लान् गठबन्धन (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्डले देउवा र ओलीमध्ये कोसँग गर्लान् गठबन्धन (भिडियो रिपोर्ट)

बटुक राज गिरि, मोउन्तैन टेलिभिजन। नीय तहको निर्वाचनमा गठबन्धन र तालमेलको सहाराले आंशिक सफलता हात पारेको नेकपा माओवादी केन्द्रले मंसिर ४ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा भने नराम्ररी खुम्चिएको छ। चुनाव अघिका सभाहरुमा गठबन्धनमा भोट नहाले मुलुक नै दुर्घटनामा जानेसम्मको चेतावनी दिएको माओवादीले अप्रत्यासित नतिजा आएपछि सरकार गठनमा दोहोरो चरित्र देखाएको छ।

गठबन्धनको सहारामा चुनावी परिणाममा राम्रै नतिजा हात पार्न सकिन्छ र सरकारको नेतृत्वको बलियो दावेदार बन्ने ठानेर चुनावी मैदानमा होमिएको माओवादी केन्द्र प्रतिनिधि सभामा १७ सिट र प्रदेश सभामा ५३ सिटमै सिमित हुन पुग्यो । जसले गर्दा सरकारको नेतृत्वमा दाबी गर्ने उसको क्षमता कमजोर हुन पुग्यो । कांग्रेससंँग आफनो बार्गेनिड पावर बढाउन माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई एकीकरणकै प्रस्ताव गर्यो । तर समाजवादीले उक्त प्रस्तावलाई तत्कालै स्वीकार्य नहुने भनेर पन्छियो । चुनाव अघिदेखि नै सरकारको नेतृत्व गर्न तम्सिएको माओवादीले सोचे अनुरुप परिणाम नआउनु अनि एकीकृत समाजवादीसंँग तत्कालै पार्टी एकताको संम्भावना न्युन देखेर सरकार गठनका लागि एमालेसँग पनि सहकार्यको ढोका खुल्ला गरेको छ। माओवादीले अहिलेको गठबन्धनलाई निरन्तरता दिने र एमालेलगायत अन्य दलसंग पनि सहकार्यको लागि खोलेको ढोकाले कांग्रेसमाथि दवाव सिर्जना गरेको छ।

माओवादी केन्द्र माओवादी जसरी भए पनि सुरुमा आफुले सरकारको नेतृत्व पाउनु पर्ने पक्षमा छ। अहिलेकै गठबन्धनलाई निरन्तरता दिने वा बाम गठबन्धन बनाउने भन्ने विषयमा माओवादीभित्र दुई धार देखिएको छ। शक्ति बाँडफाँटमा काँग्रेस वा एमालेमध्ये जसले आकर्षक प्याकेज ल्याउँछ माओवादी उतै ढल्कने संभावना बढेको छ। उता सत्ता गठबन्धनको आगामी रणनीति कुर्दै एमाले पर्ख र हेरको अवस्थामा छ। गठबन्धन टुटाएर त्यसको फाइदा लिएर सकारको नेतृत्व गर्ने दाउमा एमाले देखिन्छ।

माओवादीले सहकार्यको लागि खुला गरेको विकल्पलाई एमालेले कसरी लिएको छ त ?  नेता, नेकपा एमाले माओवादीले सत्ता सहकार्यका लागि एमाले लगाएत साना दलहरुसँगको विकल्प खुला गर्नु र एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सहकार्यको लागि प्रस्ताव गर्नुले अझै केही हप्ता सरकार निर्माणको विषयले मूर्तरुप नपाउने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);