दैलेख जिससमा गठबन्धन पराजित प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दैलेख जिससमा गठबन्धन पराजित प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

सुर्खेत। जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन्  उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ नाै मत पाएकी थिइन् ।उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकिकृत समाजवादीकी शान्ती शाहीले १० मत पाएकी छिन्।

अन्य सात जना सदस्यमा मिश्रिम नतिजा आएको छ । सदस्यमा कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी), पुर्णा विक (नेकपा एकीकृत समावादी), तुल्छा विक (नेकपा माओवादी केन्द्र), अङ्गबहादुर शाही (नेपाली कांग्रेस), फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी भएका छन्दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । नेपाली कांग्रेसले नाै, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);