अंगोलामा भेटियो दुलर्भ हिरा | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

अंगोलामा भेटियो दुलर्भ हिरा

अंगोला। अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ ।
देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको छ ।

लुलोमा फेला परेको  गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिजमन्त्रीले बताएका छन् । हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा (संभवत) बेचिनेछ ।

यसअघि ५९ दशमलब ६ क्यारेटको पिंक स्टार सन् २०१७ मा हङकङको लिलामीमा ७१ दशमलब २ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो । यो अहिलेसम्म बेचेको सबैभन्दा महँगो हिरा हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);