जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे…

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वस्थ महसुस गरेका छन् । यही शनिबार पुटिनले ‘गम्भीर वाकवाकी’को गुनासो गरेपछि चिकित्सकहरूको दुई ओटा टोली भ्लादिमिर पुटिनको राष्ट्रपति कार्यालयमा पुगेका थिए ।

पुटिनलाई ‘तत्काल चिकित्सकी हेरचाह’ आवश्यक भएकाले प्यारामेडिक टोलीले  थप चिकित्सक बोलाएको रूसी टेलिग्राम च्यानल जनरल एसभीआरलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले जनाएको छ । तीन घण्टासम्मको मेडिकल इमर्जेन्सीपछि क्रेमलिन नेताको स्वास्थ्यमा सुधार आएको थियो  । उपचारपछि चिकित्सकहरू उनको कक्ष छोडेका थिए । ‘पुटिनलाई शुक्रवार जुलाई २२ देखि शनिबार जुलाई २३ को रातमा तत्काल चिकित्सा हेरचाहको आवश्यकता थियो’ उक्त च्यानलले लेखेको छ, ‘बिहान १ बजे उनकोे निवासमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रपतिलाई बोलाइएको थियो ।’‘पुटिनले गम्भीर वाकवाकीको गुनासो गरे । २० मिनेटपछि डाक्टरहरु को एक अतिरिक्त टोली बोलाइयो । डाक्टरहरूले सहयोग प्रदान गरे । उनीहरू तीन घण्टासम्म पुटिनको नजिक थिए ’, उक्त च्यानलले लेखेको छ । यसैबीच, पुटिनले फेब्रुवरीमा युक्रेनमाथि हमला गरेपछि उनलाई क्यान्सर वा पार्किन्सन रोग लागेको अनुमान गरिएको छ ।

पुटिन शारीरिक रूपमा कमजोर बनेका, उभिँदा असहज महसुस गरेका भन्दै पश्चिमा सञ्चार माध्यमहरूले उनको बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । तर,  पुटिन स्वस्थ र आनन्द रहेकाे क्रेमलिनले दाबी गर्दै आएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);