किभ । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् । जनमत संग्रह र सेना परिचालन रुसी असफलता को संकेत हो राजदूत ब्रिजेट ब्रिंक एक ट्विटर सन्देशमा लेखेकी छिन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका थिए । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेको बताएका छन् ।
पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेतः अमेरिका
ताजा समाचार
टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने
६ घन्टा अघि
स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित
६ घन्टा अघि




