डेमोक्रयाटिक सिनेटरहरुको मतदान बहिस्कार, ट्रम्पका मन्त्रीहरुको अनुमोदन रोकियो | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

डेमोक्रयाटिक सिनेटरहरुको मतदान बहिस्कार, ट्रम्पका मन्त्रीहरुको अनुमोदन रोकियो

डेमोक्रयाटिक पार्टीका सिनेटरहरुको बहिस्कारका कारण ट्रम्पको मन्त्रिमण्डल विस्तार योजना रोकियो, बहिस्कार गैर राजनीतिक भएको रिपब्लिकनको आरोप

डेमोक्रयाटिक सिनेटरहरुको मतदान बहिस्कार

काठमाडौं । अमेरिकी सिनेटका डेमोक्रर्यािटक सदस्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रीमण्डलका लागि छानेका दुई व्यक्तिको स्वीकृतिका लागि हुने भनिएको मतदान बहिष्कार गरेका छन् ।

बहिस्कारका कारण मतदान प्रक्रिया तत्कालका लागि रोकिएको छ । डेमोक्राटिक सिनेटरले ट्रम्पले वित्त मन्त्रीका लागि प्रस्ताव गर्नुभएका स्टिफन म्युचन र स्वास्थ्य मन्त्रीका लागि प्रस्तावित टम प्राइसको अनुमोदन प्रक्रिया रोकेका हुन् ।

स्वास्थ्य मन्त्रीका लागि प्रस्तावित प्राइस र वित्त मन्त्रीका लागि प्रस्तावित म्युचनको आर्थिक गतिविधिका बारेमा आफूहरुलाई थप जानकारी चाहिने भन्दै डेमोत्रलाटिक सिनेटरले अनुमोदनका प्रक्रिया बहिष्कार गरेका हुन् ।

सिनेटको अनुमोदन कमिटिले ट्रम्पले आफ्नो मन्त्रीमण्डलका लागि प्रस्ताव गरेका धेरैको अनुमोदन गर्ने तयारी गरेको थियो । तर डेमोक्राटिक सिनेटरको बहिष्कारका कारण प्रक्रिया रोकिएको हो ।

ट्रम्पले यसअघि डेमोक्रयाटिक पार्टीका सदस्यले राजनीतिक कारणले आफ्नो मन्त्रीमण्डल गठनमा अवरोध गरिरहेको आरोप लगाउनुभएको थियो ।

यस्तै महान्यायाधीवक्ताका लागि प्रस्तावित जेफ सेसन्सको अनुमोदनका लागि हुने भनिएको मतदान पनि रोकिएको छ ।

राष्ट्रपति ट्रम्पले मंगलबार आफ्ना आप्रवासी सम्बन्धी निर्देशनको कानुनी आधारका बारेमा प्रश्न गर्ने अन्तरिम महान्यायाधीवक्ता साली यट्सलाई बर्खास्त गर्नुभएको थियो ।

रिपब्लिकन पार्टीका नेताले भने डेमोक्रयाटिक सिनेटरले गरेको अवारोध जायज नरहेको बताएका छन् ।

Leave a Reply