पसलमा आगलागी हुँदा २० लाखको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

पसलमा आगलागी हुँदा २० लाखको क्षति

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । 

पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको  टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् । 

आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ । 

Leave a Reply