नेपालगञ्जको एक फेन्सी पसलमा आगलागी हुँदा करोड बढिको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नेपालगन्ज, ३ कार्तिक । हिजो राती नेपालगन्जको धम्बोझीमा रहेको एक फेन्सी पसलमा आगलागी हुँदा करिव १ करोडको क्षति भएको छ।नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ धम्बोझीमा कमल विकले सञ्चालन गरेको कमल होलसेल तथा फेन्सी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

मध्यरातमा लागेको आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगलागी भएको ४५ मिनेटमै नियन्त्रणमा आएको छ। विद्युतको सर्टसर्किटबाट आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);