विश्वमा सबैभन्दा बढी प्रदूषण हुने देशमा नेपाल छैठौं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

काठमाडौं, ३ कार्तिक । धेरै प्रदूषण हुने देशमा नेपाल छैठौं स्थानमा परेको छ।  ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यस्तै चाड, नाइजर, भारत र नेपालमा प्रदूषणका कारण धेरैले ज्यान गुमाउने गरेका अध्ययनले देखाएको बिबिसीले जनाएको छ।

अध्ययन अनुसार ६ जनामध्ये एक जनाको प्रदुषणका कारण ज्यान जाने गरेको छ । सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख मानिसको अकालमा ज्यान गएको अध्ययनले देखाएको हो। यस्तै विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशतको हकमा प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको अध्ययनले देखाएको छ।

अकाल मृत्युका लागि पानीसँग सम्बन्धित प्रदूषणपछि वायु प्रदूषण दोस्रो ठूलो कारण भएको अनुसन्धानकर्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);