काठमाडौं । आर्सनलका प्रशिक्षक आर्सेन वेंगरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लागेको छ ।
फुटबल एसोसिएसनले गएको हप्ता भएको बनर्लीसँगको खेलमा खेल भावना विपरित व्यवहार गरेको भन्दै वेंगरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लगाएको हो ।
यस्तै वंगरले २५ हजार पाउण्ड जरिवाना पनि तिर्नुपर्ने भएको छ ।
वंगरले फोर्थलाईन अफिसियल एन्थोली टेलरलाई धकेलेको तथा अपशब्द प्रयोग गरेकोमा कारवाही गरिएको हो ।
प्रतिबन्ध एफए कप अन्तर्गत शनिबार राति साउथह्यामप्टनसँग हुने खेलदेखि नै लागु हुनेछ ।