'संसद, सडक र न्यायलय तीन तिरबाटै एमालेको प्रतिवाद : प्रतिशोध र आवेगले आगो बाल्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

‘संसद, सडक र न्यायलय तीन तिरबाटै एमालेको प्रतिवाद : प्रतिशोध र आवेगले आगो बाल्छ’

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताउनुएको छ । पार्टी कार्यलय च्यासलमा शनिवार पत्रकारहरुसँग कुरा गर्दै उहाँले गैरसंवैधानिक र गैरकानूनी रुपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताउनुभएको हो ।

उहाँले एमालेले कानूनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोध कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले सरकारलाई जनमतको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समाधान नदिई झन् द्वन्द्व बढाउने उहाँको भनाइ छ ।

उहाँले जेन–जी आन्दोनलको घटना छावविन गर्न गठित कार्की आयोगको प्रतिवेदन त्रुटीपूर्ण रहेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष र न्यायिक छानबिन गर्नको लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो । न्यायिक समितिबाट आउने निष्कर्ष स्वीकार्य हुने उहाँको भनाई छ । कार्की आयोगको प्रतिशोधपूर्ण प्रतिवेदनलाई एमालेले मात्रै नभई पूरा देशले नै अस्वीकार गरेको उहाँको भनाई छ ।

Leave a Reply