काठमाडाैं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
खड्कालाई आइतबार बिहान महाराजगञ्जस्थित अपार्टमेन्टबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका हुन्।
प्रवक्ता श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिइएको हो ।





