म्याङलुङमा रहेको चिरुवा ढुंगामा पार्क निर्माण, पर्यटकीय गन्तव्य बनाउने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

म्याङलुङमा रहेको चिरुवा ढुंगामा पार्क निर्माण, पर्यटकीय गन्तव्य बनाउने लक्ष्य

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका-२ मा रहेको चिरुवा ढुंगामा पार्क निर्माण गरिएको छ ।पर्यटन प्रवर्द्धन तथा पर्यटकीय रुपमा विकास गर्न  ढुंगामा पार्क निमार्ण गरिएको हो ।

वडा कार्यालय आर्थिक सहयोग तथा पथरी शनिश्चरे मोरङ घर भई  युकेमा रहेका फुलकुमारी तुम्बाहाङ्फे र उनका श्रीमान नैनबहादुर चोङ्बाङले ३ लाख ५० हजार सहयोगमा पार्क निर्माण गरिएको अभियन्ता पदम तुम्वाहाङ्फेले जानकारी दिए ।

दाताबाट प्राप्त रकमले पार्कको गोलघर, व्यायामस्थल, खानेपानी, पिकनिक स्थल लगायत निर्माण गरिएको पार्क निर्माणका अगुवा विश्वप्रकाश तुम्बाहङ्फेले बताए । पार्क जिल्ला सदरमुकाम नजिकै छ । 

Leave a Reply