बेसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बेसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण

लमजुङ । लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस्ट पुल निर्माण गरेको छ । डुम्रे–बेसीसहर सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका-२ राक्से खोलामा फलामको ट्रस्ट पुल निर्माण गरेको हो ।

स्थानीयहरूले अस्थायी व्यवस्थापनका निम्ति भए पनि पुल निर्माण गर्नका लागि  सेनालाई अनुरोध गरेपछि ६० हजार बरावरको लगानीमा पुल निर्माण गरिएको  श्रीजङ गणका गणपति जयराम थापाले बताए ।

सेनाले ब्यारेकभित्र रहेका फलामका सामाग्री र केही सामाग्री बाहिरबाट खरिद गरी १२ फिट लम्बाइ र तीन फिट चौडाइको फलामको ट्रस्ट पुल निर्माण गरेको गणपति थापाको भनाइ छ । 

पुल निर्माण भएसँगै उक्त खोलामा पैदलयात्री र दुई पाङ्ग्रे सवारी गुडाउन सहज भएको सेनाले जनाएको छ । यसअघि कजवे मात्र रहेको उक्त खोलामा पैदल यात्री र दुई पाङ्ग्रे सवारीका निम्ति निकै कठिन भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);