चितवन विरुद्ध टस जितेर ललितपुर प्याट्रियट्स ब्याटिङमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चितवन विरुद्ध टस जितेर ललितपुर प्याट्रियट्स ब्याटिङमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सविरुद्ध ललितपुर प्याट्रियट्सले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ब्याटिङ रोजेसँगै सोमपाल कामीको कप्तानीमा रहेको चितवनले सुरुवाती फिल्डिङ गर्नेछ । 

आज चितवन लगातार चौथो जितको खोजीमा हुनेछ । जारी चौथो संस्करणको प्रतियोगितामा चितवनले तीन खेलमा तीन जितसहित ६ अंकसिहत शीर्षस्थानमा छ । 

ललितपुर भने दोस्रो जितको खोजीमा छ । चार खेलमा एक जित दुई हार र एक खेलमा अंक बाँडेको ललितपुर तीन अंकसहित चौथो स्थानमा छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);