सिम्रौनगढ नगरपालिकाका वडा अध्यक्ष जयसवालको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिम्रौनगढ नगरपालिकाका वडा अध्यक्ष जयसवालको निधन

अमरेस कुमार पाण्डेय,
बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर जयसवालको निधन भएको छ । जयसवालको उपचारको क्रममा काठमाडौंको मेडिसिटी हास्पिटलमा सोमबार राति निधन भएको हो ।

५० वर्षीय जायसवाल अकस्मात बिरामी भएपछि साउन १९ गते बीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि साउन २० गते काठमाडौंको दीर्घायु र २३ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा जयसवाल नेकपा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);