२४ घण्टामा ४१ सय ७ जना संक्रमित, १५ सय ३५ संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२४ घण्टामा ४१ सय ७ जना संक्रमित, १५ सय ३५ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २४ घण्टामा १६ हजार २ सय ९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १ सय ७  मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ९ सय ५७ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);