काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ९ हजार ६ सय १३ पीसीआर परीक्षणबाट २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टिजेन परीक्षणबाट ९ सय ३० मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ४३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ५ सय ६ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।




