काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार ६ सय ९० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७ सय १४ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार १ सय २२ पीसीआर परीक्षणबाट १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षणबाट ८ सय ५९ मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ६ सय ६१ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।




