कास्की । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे विरोध पछि गण्डकी प्रदेश सभा बैठक दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ । बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरी संसद बैठक आज आइतबार ११ बजेदेखि सुरु भएको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले माननीय सदस्यहरु आजको बैठक सुरु हुन्छ भने लगत्तै एमाले सांसदहरु उठेका थिए । त्यसपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।
नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले बताए । यो सरकार बन्दा पुँजीगत खर्च पनि रोकिएको उनले भनेका छन -“कति करोड रुपैयाँ वितरण गर्नुभयो ? के आधारमा योजना छनोट गरियो ? त्यो चाहियो??
पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएको भन्दै बस्नेतले कुनै पनि कानुनअनुसार सरकारले गरेको बजेट विनयोजन ठिक नभएको बस्नेतले भनेपछि सभामुखले संसद १ बजेसम्मलाई स्थगित गरेका थिए।