एमाले अध्यक्ष ओली नेपालबिच भेटवार्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली नेपालबिच भेटवार्ता सुरु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबिच भेटवार्ता सुरु भएको छ । बुधबार होटल मेरियटमा दुई नेताहरुबिच भेटवार्ता हुन लागेको सा्रेतले जानकारी दिएको हो ।

नेपाल निकट पार्टी एकता कार्यदलका सदस्यका अनुसार करिव एक घण्टाअघि नेपाल ओलीसँग वार्ता गर्न सहमत भएपछि होटल मेरियटमा वार्ता हुन लागेको हो । पछिल्लो पटक ओली र नेपालबीच दुई पटक टेलिफोन वार्ता भएको थियो। तर ती वार्ताहरु निष्कर्षविहीन भएका थिए ।

ओली र नेपालबीच अब हुने वार्ता निर्णायक मानिएको छ। पछिल्लो पटक ३० वैशाखमा चक्रपथ चपलीहाइटमा एक व्यवसायीेको घरमा उनीहरुबीच वार्ता भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);