ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा आउँदो असार २५ र २६ गते लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा आउँदो असार २५ र २६ गते लगाइने

ललितपुर । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो असार २५ र २६ गते लगाइने भएको छ।

यही आउँदो शुक्रबार र शनिबार ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ।

पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिले आफ्नो पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य देखाउनुपर्ने छ । खाेपकाे लागि आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत बताएका छन्।

गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रवार लगाइने भएको छ । खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्य चौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नं ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);