ललितपुर महानगरमा दाेश्राे मात्राको भेरोसेल खाेप असार २७ र २८ गते लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ललितपुर महानगरमा दाेश्राे मात्राको भेरोसेल खाेप असार २७ र २८ गते लगाइने

काठमाडौं । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा असार २७ र २८ गते लगाइने भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको बताईएको छ ।

पहिलो मात्रा खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूह लक्षित २७ र २८ गते खोप लगाइने सूचनामा जनाइएको छ ।

त्यस्तै सूचनामा महानगरका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।

महानगरद्वारा जारी सूचनामा विभिन्न कारणले दोस्रो मात्रामा खोप लगाउन नपाएकाहरुलाई पनि खोप कार्डको आधारमा लगाइने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);