विश्वासको मत गुमाएका व्यक्ति प्रधानमन्त्रीमा बसिरहन मिल्दैन : अधिवक्ता थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विश्वासको मत गुमाएका व्यक्ति प्रधानमन्त्रीमा बसिरहन मिल्दैन : अधिवक्ता थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको मत नपाएका प्रधानमन्त्रीले पदमा रहिरहने व्यवस्था संसारको कुनै पनि देशमा नभएको बताएका छन् । प्रतिनिधि सभा विघटन मुद्धामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दे थापाले यस्तो बताएका हुन् ।

अधिवक्ता थापाले शेरबहादुर देउवालाई १४९ जना सांसदले समर्थन जनाएको भन्दै उक्त समर्थनको परीक्षण प्रतिनिधि सभामा किन गरिएन भन्दै प्रश्न गरे ? १४९ जनाले समर्थन गरेको हस्ताक्षर सहित राष्ट्रपति कार्यलया दर्ज गराइएको हस्ताक्षरमाथि शंका लागे राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दे परीक्षण गर्न फ्लोर टेष्ट गर्नुपर्दैन भनि प्रश्न गरेका थिए ।

अधिवक्ता थापाले प्रश्न माथि प्रश्न गर्दे राष्ट्रपतिले कुन पार्टीका कति सांसद छन् भनेर राष्ट्रपतिले हेर्नु संवैधानिक आधार नभएको स्पष्ट पारे ।

विपक्षी गठबन्धनले १४९ सांसदको समर्थन छ भनिसकेपछि आधार छ भन्ने बुझ्ने की छैन भन्ने बुझ्ने भन्दै थापाले राष्ट्रपतिमाथि प्रश्न समेत गरेका छन् । थपाले थपे ७६(१) देखि सबै धारा बाध्यात्मक छन् भने ७६(५) अनुसार सरकार बनाउन कुनै बाध्यात्मक अवस्था नभएको तर्क गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);