नेपाल निकटका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल निकटका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालनिकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको छ।निर्वाचन आयोगको दुई दिनअघि बसेको बैठकले पार्टी दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।

सो पार्टी दर्ताका लागि गत वैशाख ७ गते निवेदन दिइएको थियो। राईले बुधबार नै दल दर्ताको प्रमाणपत्र पाएका छन्। उनको पार्टीको चुनाव चिन्ह कलम रहेको छ।राई अध्यक्ष रहेको पार्टीमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव छन्। त्यस्तै, सचिव ऐन विक्रम कुँवर र कोषाध्यक्ष सुशीला खनाल छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);