प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस

काठमाडाैँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस हुँदै छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज दोस्रो दिन पनि बहस हुन लागेको हो ।

नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगागतले बहस गर्ने छन् भने बुधबार वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव र शम्भु थापा तथा अधिवक्ताहरु खम्बबहादुर खाती र गोविन्द्रप्रसाद शर्मा बन्दीले बहस गरेका थिए ।

निवेदकका तर्फबाट १५ घण्टा बहस गरिनेछ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस हुनेछ । एमिकस क्युरीका चारजनाले आफ्नो राय दुई घण्टाभित्र राख्नेछन् । त्यसपछि सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।

Leave a Reply