दाङ । मानिसहरुमा खुशी हराउन थालेको भन्दै दाङ देउखुरीका युवाहरुले साहाराविहिनहरुलाई सहारा दिन खुशी अभियान सुरु गरेका छन् ।
खुशी अभिायान अन्तर्गत युवाहरुले साहाराविहिनहरुलाई भेटेर गाँस, बास र आवासको समस्याबाट पीडित परिवारको सहारा बन्दै खुशी अभियान चलाएका हुन् ।
आम नागरिकलाई उनीहरुको आवश्यक्ता लाई ध्यान दिदैं खुशी अभियान अन्तर्गत खाद्यान्न, लत्ताकपडा र पर्याप्त कुरा गर्ने समय उपलब्ध गराउँदै आएका छन् । उपलब्ध गराइएको सामाग्रीले दैनिकी सहज भएको स्थानीय बताउँछन् ।
खुशी अभियानले कोरोना महामारिकाबीच आम मानिसलाई दैनिकी सहज बनाउन सकेको सहयोग संचालन गरेको अभियानकर्मी दिपेश आचार्यले बताए ।
खुशी अभियान अन्तर्गत स्वास्थ्य, शिक्षा, समाजिक क्षेत्र हुँदै पछिल्लो समयमा कोरोना पीडित तथा बेसहारा परिवारलाई खुशी बनाउन अभियानकर्मी सक्रिय छन् ।